दफा ६३७
वस्तु जफत भएकोमा भाडामा लिने व्यक्तिको अधिकारः

(१) दफा ६३६ को उपदफा (४) को खण्ड (क) बमोजिम भाडामा दिएको वस्तु त्यस्तो वस्तुको धनीले जफत गरेकोमा जफत भएको दिनसम्म हायर पर्चेज मूल्यका सम्बन्धमा भुक्तानी भएको रकम र जफत भएको दिनको वस्तुको मूल्य बराबरको रकम भाडामा लिने व्यक्तिले त्यस्तो व्यक्तिबाट फिर्ता पाउनेछ।स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि “जफत भएको दिनको मूल्य” भन्नाले जफत भएको वस्तु बिक्री गर्दा प्राप्त हुन सक्ने रकममा देहायका खर्च वा रकम कटाई बाँकी हुन आउने रकम सम्झनु पर्छ:-
(क) वस्तु जफत गर्दा लागेको मनासिब खर्च,
(ख) वस्तुको बिक्री गर्दासम्म लागेको भण्डारण तथा मर्मत सम्भार वापतको मनासिब खर्च,
(ग) वस्तु बिक्री गर्दा वा अन्य कुनै किसिमले हस्तान्तरण गर्दा लागेको मनासिब खर्च,
(घ) वस्तु वापत प्रचलित कानून बमोजिम भाडामा लिने व्यक्तिले भुक्तान गर्नु पर्ने कर, दस्तुर, शुल्क वा कुनै देय बाँकी भए त्यस वापत भुक्तानी गरेको रकम ।
(२) उपदफा (१) बमोजिमको रकम वस्तु जफत गरेको मितिले तीस दिनभित्र भाडामा लिने व्यक्तिलाई बुझाउनु पर्नेछ र त्यस्तो अवधि पछि भुक्तानी गर्नु पर्दा वार्षिक दश प्रतिशतले ब्याज समेत भुक्तानी गर्नु पर्नेछ ।